हामी जनतालाई विकास दिन्छौँ: पूर्वमन्त्री गुरुङ

तनहुँ | कात्तिक १६, २०७९

हामी जनतालाई विकास दिन्छौँ: पूर्वमन्त्री गुरुङ

 

तनहुँ ।नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री किरण गुरुङले मङ्सिर ४ गते हुने निर्वाचनबाट एमालेको बहुमत आउने दाबी गर्नुभएको छ । 


तनहुँको दुलेगौँडामा आज आयोजित कार्यक्रममा बोल्दै पूर्वमन्त्री गुरुङले जनताको आकर्षण एमालेप्रति बढेकाले एमालेले बहुमत ल्याउने र त्यसपछि जनतालाई विकास दिने बताउनुभयो । निर्वाचनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने गुरुङको भनाइ थियो । “एमालेको बहुमत आएपछि हामी जनतालाई विकास दिन्छौँ,” गुरुङले भन्नुभयो । 


तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गुरुङले यो क्षेत्रमा विगतमा एमाले नेतृत्वमा भएका विकासका कामलाई निरन्तरता दिन जनताले मूल्याङ्कन गर्ने समय भएको बताउनुभयो । सोही कार्यक्रममा नेकपा एकीकृत समाजवादी तनहुँका सचिव दुर्गाकुमार श्रेष्ठको नेतृत्वमा क्षेत्र नम्बर २ का चार सय ६१ जना एमालेमा समाहित भएका छन् ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्